आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो : अर्थमन्त्री खनाल

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् ।

नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।



निर्वाचन आयोगले विहीबारसामानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए ।

आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए ।

अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव व्यक्त गरे ।