सुनचाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ ले घटेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १५० कायम भएको छ ।



हिजो मङ्गलवार एक तोला छापावाल सुन ३ लाख ९ हजार ९०० र एक तोला चाँदी ५ हजार ३३५ कारोबार भएको थियो । गत सोमवार छापावाल सुनको मोल प्रतितोला ३ लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २६५ निर्धारण भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।