नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोजमा हुने भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।
नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन भदौ २, गाउँरनगर अधिवेशन ७ गते, प्रदेश क्षेत्रीय अधिवेशन १७ गते, क्षेत्रीय अधिवेशन २४ गते गर्ने भएको छ।
जिल्ला अधिवेशन असोज २ र ३ र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने भएको छ।
यस्तै, बैठकले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ।