राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाह भोलि(शुक्रबार) प्रधानमन्त्री बन्दैछन् ।
यसका लागि रास्वपाको आजको बसेको संसदीय दलको बैठकले बालेनलाई दल नेता समेत बनाइसकेको छ । १२:३४ बजेकाे समयमा प्रधानमन्त्रीको शपथ लिन लागेका बालेनले पहिलाे मन्त्रिपरिषद्(क्याबिनेट) बैठक मै महत्त्वपूर्ण निर्णय गर्न लागेका छन् ।
उनले थुप्रै सुधारका कार्यक्रमहरूबारे निर्णय गर्न लागेका हुन् । यसका लागि केही दिन अगाडि नै उनले सबै मन्त्रालयका सचिवहरूसँग सुधारका योजनाहरू माग गरेको समेत पाइएको छ।
स्राेतका अनुसार बालेनको निर्देशनमा मुख्य सचिव सुमनराज अर्यालले सचिवहरूलाई पत्राचार गर्दै ५–५ सुधारका योजना पठाउन भनिएको थियो।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक(१८२)को सिट प्राप्त गरेको थियो ।