ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

  • प्रकाशित मिति : २०८२ चैत्र १६, सोमबार
  • नेपाल टेल संवाददाता

सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा कारण देखाउआदेश जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
पक्राउ परेपछि ओलीको स्वास्थ्य मा समस्या आएका कारण उपचारका लागि अस्पताल भर्ना छन् ।