दासढुङ्गा र घुमाउनेमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते

  • प्रकाशित मिति : २०८२ चैत्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २५ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवन का अनुसार दासढुङ्गामा बस र तेल ट्याङ्कर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा इभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएका हुन्।

दासढुङ्गा दुर्घटनामा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसले सडक किनारामा रोकिएको ट्याङ्करलाई ठक्कर दिएको थियो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने चालकहरू फरार छन्।



त्यसैगरी घुमाउनेमा तीर्थयात्रु बोकेको माइक्रो र टिपर ठोक्किँदा एक जनाको अवस्था गम्भीर, नौ जनाको मध्यम र तीन जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेको भरतपुर का विभिन्न अस्पतालमा उपचार भइरहेको छ।