सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

  • प्रकाशित मिति : २०८२ चैत्र २०, शुक्रबार
  • नेपाल टेल संवाददाता

रास्वपा उपसभापति डीपी अर्यालले प्रतिनिधि सभामा सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । संसद सचिवालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।



संसदको ठुलो दल रास्वपाले सभामुख पदमा पार्टी उपसभापति अर्यालको उम्मेदवारी दिएसँगै उनी सभामुख हुने निश्चित छ ।