पूर्वी क्षेत्रमा दिनभर वर्षाको सम्भावना, सचेत रहन आग्रह

  • प्रकाशित मिति : २०७७ जेष्ठ ८, बिहीबार
  • nepaltale.com

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको चक्रवात जमिनमा प्रवेश गरिसकेको छ र कमजोर हुने क्रममा रहेको छ। हाल देशमा यो प्रणालीको साथै स्थानीय वायु को प्रभाव रहेको छ।

हाल देशको पूर्वी र मध्य भू–भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

पूर्वी भू–भागका केही स्थानहरु र मध्यका पहाडी भू–भागका १/२ स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको छ। पुर्वि हिमाली भु–भागहरुमा हिमपातको पनि संभावना रहेको छ । त्यसैले गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ ८ गते (बिहीबार)
दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली र मध्य भूभागमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी तथा मध्यका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा पूर्ण बदली रही बाकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी भू-भागका केहि स्थानहरु र मध्य भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

जेठ ९ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका धेरै स्थानहरु र पश्चिमी भू-भागका एक-दुई स्थानहमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।