शिक्षामन्त्री सस्मित पोखरेल आर्थिकरूपमा सम्पन्न देखिएका छन् । उनले पेश गरेको सम्पत्ति विवरण अनुसार काठमाडौंमा २ घर र ५ ठाउँमा जग्गा रहेको छ ।
आमा मिनाक्षी ओझाको नाममा काठमाडौं वडा नम्बर ४ मा ४ करोड मूल्य पर्ने घर छ । यस्तै कागेश्वरी मनोहरामा पनि आमाकै नाममा ५ करोड मूल्यको अर्को घर रहेको छ । बुवाको पारिश्रमिक र पैत्रिक सम्पत्तिबाट घर निर्माण भएको उनले बताएका छन् ।
पोखेलसँग् काठमाडौं, ललितपुर, मोरङ तीन जिल्लाका ५ स्थानमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ती सबै जग्गा बुवा रमेशकुमार पोखरेल र आमा मिनाक्षीको नाममा रहेका छन् । ती जग्गाको हालको मुल्य कुल ११ करोड ५० लाख रहेको जनाइएको छ ।
पोखरेलसँग् अनुमानित ७५ लाख मूल्यको २५ तोला सुन र १०० तोला चाँदी रहेको छ भने नगद लाख रहेको विवरण उनले पेश गरेका छन् । उनको तीन वटा बंैकमा साढे ४ लाख रुपैयाँ वचत रहेको पनि देखाएका छन् । यस्तै विभिन्न कम्पनीमा गरी झण्डै १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर रहेको छ ।
पोखरेलले दुईवटा बैंकमा गरी ७५ लाख रुपैयाँ कर्जा रहेको जनाएका छन् । यस्तै ७० लाख रुपैयाँको विद्युतीय सवारी र ४० लाखको बीवाईडी डल्फिन कार रहेको विवरणमा उल्लेख छ ।