आफ्नै छोराहरुले बाबुको हत्या गरी घरभित्र गाडेको प्रहरीले जनाएको छ । बुधबार घरभित्रै गाडेको अवस्थामा शव उत्खनन् गरिएका विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या उनकै छोराहरुले गरेको घटना प्रहरीले सार्वजनिक गरेको हो ।
जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नगेन्द्र चौहानको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुई दाजु–भाई मिलेर सत्यरामको हत्या गत शनिबार राति गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
बाबुछोराबीच आर्थिक बिषयमा मनमुटाब भएको र हत्या गरिएको प्रहरीले जनाएको छ ।
बुवाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घर भित्रै खाल्डो खनेर गाडिदिएको दुवै छोराले प्रहरीलाई बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।