कैलाली–२ बाट निर्वाचित सांसद केपी खनालको घर ऐलानी जग्गामा बनाइएको विषय सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद खनालको लम्कीचुहा नगरपालिका–१ स्थित बसपार्क नजिकैको घर ऐलानी जग्गामा बनाइएको पाइएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक जग्गामा घर निर्माण भएको भन्दै आलोचना भएपछि डोजर प्रयोग गरेर भत्काउनुपर्ने मागसमेत उठेको छ। तर खनालको सचिवालयले राजनीतिक प्रतिशोधका कारण बदनाम गर्न खोजिएको दाबी गरेको छ।
सचिवालयका अनुसार घर ऐलानी जग्गामा भएपनि लालपुर्जाका लागि प्रक्रिया अघि बढाइएको छ । भूमि आयोगमा नामपासको काम भइरहेको सचिवालयले जनाएको छ।