आईसीसी विश्कप लिग २ अन्तर्गत नेपालले भोलि (मंगलबार) ओमानसँग खेल खेल्दैछ।
तीन देशबीचको अन्तिम शृङ्खलामा नेपालले ओमानसँग खेल्न लागेको हो । जारी प्रतियोगितामा नेपालले यूएईसँग दुई तथा ओमानसँग एक खेल खेलिसकेको छ।
भोलिको ओमानसँगको खेल र मे १२ देखि सुरु हुने लिग २ अन्तर्गतकै नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टिकटको मूल्य घटाएको छ ।
यसअघिका खेलहरुमा दर्शकको उपस्थिति अपेक्षा अनुसार नभएपछि क्यानले टिकट मूल्य घटाएको बुझिएको छ। नयाँ मूल्य अनुसार खेलको टिकटदर २०० कायम गरिएको छ। यसअघि नेपालको खेलमा ४०० र ओमान र यूएईबीचको खेलको टिकट मूल्य १०० तोकिएको थियो ।