सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा संचालित उच्च भुभाग खोज तथा उद्धार तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले चुलु फार ईष्ट हिमालको सफल आरोहण गरेका छन् ।
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा ४ जना प्रशिक्षकसहित १८ प्रशिक्षार्थीले २ जना शेर्पा गाइडको सहयोगमा मंगलबार बिहानको ६ः४५ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
उक्त टोली बैशाख २७ गते मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका– ३ चुुलुबाट त्यसतर्फ प्रस्थान गरेको थियो भने बैशाख २८ गते राति २३ः०० बजेबाट हिमाल आरोहण शुरू गरेको थियो ।