बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम

  • प्रकाशित मिति : २०८३ जेष्ठ १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिकै पुगेको र यहाँ यसवाहरूबीच ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको छ ।

समस्या समाधानका लागि कुनै पहल नगरिएमा सन् २०३१ सम्ममा रोजगारी, शिक्षा वा तालिममा नजाने १६ देखि २४ वर्ष उमेर समूहका युवाको सङ्ख्या १२ लाख ५० हजार अर्थात् हरेक छ युवामध्ये एक जनामा यो समस्या रहने हालै सार्वजनिक प्रतिवेदनले चेतावनी दिएको छ ।



प्रधानमन्त्री केइर स्टार्मरले गत वर्ष बढ्दो युवा बेरोजगारीको कारण बुझ्नको लागि समीक्षा गर्नुभएको छ ।

“हामी ‘लस्ट जेनेरेसन’को पुस्ताको जोखिममा छौँ,” समीक्षाको नेतृत्व गर्ने लेबर पार्टीका पूर्व क्याबिनेट मन्त्री एलन मिलबर्नले बिहीबार रिपोर्ट प्रस्तुत गर्नुअघि भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो युवाहरूको असफलता होइन। यो विगतमा अड्किएको व्यवस्थाको असफलता हो।”

रिपोर्ट अनुसार बेलायतका युवाहरू ‘रोजगारीको अवसरको सिढीको पहिलो खुड्किलो’ मा पुग्न सङ्घर्ष गरिरहेका छन् र १२ लाख ५० हजार बेरोजगार युवामध्ये ८४ प्रतिशत युवाले जागिर वा प्रशिक्षणमा जोडिन चाहन्छन् ।

रिपोर्टमा भनिएको छ, “यो आतिथ्य रोजगारी, सप्ताहन्तको रोजगार र उद्यमजस्ता प्रवेश–स्तरको भूमिकाहरूमा ‘तीव्र गिरावट’ को परिणाम हो।”

“चाहे त्यो शिक्षा होस् वा स्वास्थ्य वा कल्याण, त्यो प्रणालीले श्रम बजारमा उनीहरूको सहभागिता सक्षम गर्न असफल हुन्छ,” मिलबर्नले भन्नुभयो ।

प्रस्तावित समाधानहरू वर्षको अन्त्यमा विस्तृत रूपमा तय गरिएको छ।

“मिलबर्न समीक्षामा पहिचान गरिएका मुद्दाहरू लामो समयदेखि व्यवसायहरूले रिपोर्ट गरेका छन्,” ब्रिटिश चेम्बर्स अफ कमर्सका महानिर्देशक शेभन ह्याभिल्यान्डले भन्नुभयो ।