सरकारले नेपाली बिमा कम्पनीबाट जारी हुने बिमांकको कम्तिमा २० प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीबाट गराउने व्यवस्था गरिने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजकेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले नेपाली बिमा कम्पनीबाट जारी हुने बिमांकको कम्तिमा २० प्रतिशत नेपाल पुनर्बिमा कम्पनीबाट गराउने व्यवस्था गरिने बताएका हुन् ।