अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साढे ६ खर्बबढी घाटाको बजेट ल्याएका छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्ययसहित २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिए ।
जसमध्ये खर्चको स्रोत व्यहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्ने जनाएको सरकारले वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड व्यहोर्दा जनाएको छ ।
यसो गर्दा बजेट खर्चका लागि ६ खर्ब ५७ अर्ब स्रोत न्यून हुन जान्छ । उक्त घाटा पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड लिने सरकारले जनाएको छ । यसैगरी ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट उठाउँने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।
विनियोजित कुल २१ खर्ब २४ अर्ब ३१ करोड बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरेको छ ।
उक्त बजेट संशोधित चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।