सुनको भाउ घट्यो

  • प्रकाशित मिति : २०८३ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको भाउ आज एकैदिन १ हजार २ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।



त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ३ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।