कोरोना अपडेट : थप ७२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

  • प्रकाशित मिति : २०७७ जेष्ठ १२, सोमबार
  • nepaltale.com

नेपालमा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढेको हो । सोमबार मात्रै ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखमा संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ८७ जना सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । बाँकी सबैको देशका बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको र उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।