संविधान संसोधन प्रस्ताव कार्यसूचीबाट हटाएकोमा काँग्रेसको ध्यानाकर्षण

  • प्रकाशित मिति : २०७७ जेष्ठ १४, बुधबार
  • nepaltale.com

नेपाली काँग्रेसले बुधबारका लागि तय संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटाएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

आजको प्रतिनिधिसभा बैठकमा लिम्पियाधुरा, कालापानी र लिपलेकसहितको नयाँ निसान छापका राख्नेसम्बन्धी संविधान संशोधन प्रस्ताव पेश हुने उल्लेख थियो। तर,अन्तिम समयमा उक्त प्रस्ताव कार्यसूचीबाट हटाइयो। काँग्रेसले किन हटाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।