दाङमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

दाङ जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा गढवा गाउँपालिका वडा नम्बर १ र २ मा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

विहीवार प्रतिष्ठानले जारी गरेको बिज्ञप्तिमा गढवा गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय पुरुष र वडा नम्बर २ का ४१ वर्षीय पुरुष रहेका छन् । बिहीवार कोरोना संक्रमित पुष्टि भएका मानिसहरु कपिलबस्तुको कृष्णनगर हुँदै भारतबाट आएका थिए ।

यही जेठ १२ गते ती महिला र पुरुषको पि.सि.आर.टेष्ट गर्नका लागि स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियो । जसमध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मानिसहरु कृष्णनगरबाट सिधैँ गढ़वाको क्वारेन्टाइनमा आएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । योसँगै देउखुरीमा संक्रमितको संख्या १० पुगेको छ ।