कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।यो सँगै कर्णालीमा कुल संक्रमितको संख्या १ सय २३ पुगेको छ । जसमध्ये १ जनाको निधन भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आज बिहान १८ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।
नयाँ संक्रमित कालिकोट शुभकालिका गाउँपालिका-५ का १९ वर्षीय पुरुष, दैलेख नारायण नगरपालिका ३ र ५ का १६ देखि ३५ वर्ष उमेर समूहका ९ जना पुरुष, दैलेखकै देबलकाँडा-४ का १८ देखि २२ वर्षका ५ युवक, सिमडा-८ का २६ वर्षीय पुरुष, रातापानी-४ का ३८ वर्षीय युवक र साडु-८ का १ पुरुष रहेका छन् ।
उनीहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।