नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ संघीय संसदमा पेश भएको छ । आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्नुभएकाे हाे । सरकारले निशान छापमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्नका लागि संविधान संशोधन हुने भएको हो ।
बैठकमा उहाँले भन्नुभयाे, ‘नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशित भएकाले, वास्तविक नक्सा नेपालको संविधानको अनुसूची ३ मा मिलाउनु पर्ने भएकाले संशोधन विधेयक पेश गर्दछु ।’ मन्त्री तुम्बाहाङ्फेले जेठ ९ गते उक्त विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएकाे थियाे ।