नेपालमा फेरि थपिए कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ जेष्ठ १९, सोमबार
  • nepaltale.com

नेपालमा थप ३ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। गण्डकी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती नगरपालिको क्वारेन्टाइनमा बस्दै आएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो। यद्यपी संघीय स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ।

कावासोती नगरपालिका ठेगाना भै सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२ र ३६ वर्षीय २ पुरुष र सोही जिल्ला बिनयत्रिवेणी गाउँपालिका ठेगाना भै सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षीय १ जना पुरुषमा कोरोना परीक्षण पोजेटिभ देखिएको हो।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ भने नेपालभर १ हजार ६ सय १३ पुगेको छ।यद्यपी यसअघि कर्णाली प्रदेशमा थपिएका थप ४३ जनाको पनि संघीय स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ।