विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

  • प्रकाशित मिति : २०७७ जेष्ठ १९, सोमबार
  • nepaltale.com

सर्लाही, रुकुम (पश्चितम) , मोरङ र स्याङ्जामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको धनकौल गाउँपालिका-४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रुकुम (पश्चिम), आठविसकोट नगरपालिका-३ खदी बस्ने ४५ वर्षीय गम्भिर बोहरा सोही ठाउँस्थित कुकुर लोटाउने नामको खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङको केराबारी गाउँपालिका-९ देबिझोडास्थित पैनीमा सोही ठाउँ बस्ने ५० वर्षीय मुकेश राई पनि सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

स्याङजाको भिरकोट नगरपालिका-४ छाङछाड्दी मन्दिरस्थित धर्मशालामा बिगत १७ बर्ष अगाडि देखि बस्दै आएका वालिङ नगरपालिका-८ बोगटी डाँडा बस्ने अन्दाजी ७० वर्षीय गोपाल गिरी आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।