काठमाडौँ जिल्ला प्रशासनले यसअघि लकडाउनमा सवारी चलाउन सवारी पास लिएकाहरुले त्यसलाई नविकरण गर्न नपर्ने जनाएको छ।
आज एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय
काठमाडौँले जेठ २ गतेदेखि १९ गतेसम्म जारी भई जेठ २० गतेसम्मको समयावधि तोकिएका सवारी पास अब लकडाउन अवधिभर नै मान्य हुने जानकारी दिएको छ ।
सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवामा खटिनुपर्ने संस्थाहरुले लिएका सवारी पासले लकडाउन अवधिभर नै मान्यता पाउने काठमाडौँ प्रशासनले जनाएको छ ।
कार्यालयमा भीडभाड बढ्न गई संक्रमण बढ्न सक्ने भएकोले अन्य व्यक्ति तथा संस्थाले सवारी पास बनाउन परे निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको इमेल र फेसबुक पेजमा पठाउन र सवारी पास तयार भएको जानकारी भए पश्चात मात्रै कार्यालयमा सम्पर्क गर्न पनि काठमाडौँ प्रशासनले आग्रह गरेको छ ।