रुखमा बाँधेर आफ्नै छोरीलाई बलत्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका–५ भासु बजारमा बस्दै आएका ४५ वर्षिय आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा बाँधेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले पक्राउ गरेको हो ।
पीडित युवतीले गत जेठ १७ जंगलमा लगि रुखमा बाधेर बलत्कार गरेको भन्दै उजुरी दर्ता गरेकी थिईन । उजुरी दर्ता भएदेखी फरार रहेका बुवालाई गएराति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरेको ईलाका प्रहरी इन्चार्ज इन्सपेक्टर माधब विश्वकर्माले जानकारी दिए । भासुको जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलत्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडित महिलाको भनाइ रहेको समेत इन्सपेक्टर विश्वकर्माले बताए ।
पीडित युवतीलाई उपचारका लागी पठाइएको र पिडक बुवालाई कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।