उग्रचण्डी भगवतीलाई पसिना, हेर्नेको भीड

  • प्रकाशित मिति : २०७७ जेष्ठ २१, बुधबार
  • नेपाल टेल संवाददाता

काभ्रे । काभ्रेको बनेपा नगरपालिकाअन्तर्गत पर्ने नालामा रहेको उग्रचण्डी भगवतीलाई पसिना आएको छ । बुधबार बिहान ७ बजेको समयमा मन्दिर परिसरबाट बच्चा रोएको आवाज आएको र त्यस मन्दिरका पुजारी सिद्वीबहादुर कर्मचार्य हेर्न पुग्दा मन्दिरको मुर्तिबाट पसिना बगिरहेको देखेको बताउनुभएकाे छ ।

भगवतीलाई पसिना आएलगत्तै स्थानीयहरु मन्दिर परिसरमा दर्शनको लागि भीड गर्न थालेका छ्न् । यस अघि पनि भगवतीलाई पसिना आउँदा बिनासकारी भूकम्प आएको र अन्य धेरै कुरामा अनिश्चित दुर्घटना हुँदै आएको बताइन्छ ।