प्रदेश २ मा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार आज रौतहट जिल्लाका १२ जना, सर्लाहीका १५ जनामा र सप्तरीमा १ जनामा गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ६० पुगेको छ ।
वीरगंज र जनकपुरमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज नै महोत्तरीका ९ जना र पर्साका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सर्लाहीको श्री प्राइमरी स्कुल वैरियामा रहेको क्वारेन्टाइनमा रहेका १६ देखि ४० वर्ष उमेरका पुरुष र ११ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रौतहटको श्री जनता मावि कथरिया क्वारेन्टाइनमा रहेका २२ वर्षीय १ जना महिलासहित २६ देखि ५० वर्ष उमेरसम्मका पुरुषमा कोरोनासंक्रमण पुष्टि भएको हो । त्यसैगरी सप्तरीका ४० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।