प्रदेश १ मा बुधबार थप १३ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा १२ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार तेह्रथुमको आठराई गाउँपालिकामा एक महिला र एक पुरुष, मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको सहिदभूमि गाउँपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । संक्रमित मध्ये ४८ जना उपचार पछि निको भएका छन् ।