नेपालमा फेरि थपिए कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ जेष्ठ २२, बिहीबार
  • नेपाल टेल संवाददाता

गण्डकी प्रदेशमा एकै दिन कोरोना भाइरस (कोभिड १९) का १६ जना नयाँ संक्रमित थपिएका छन्।



स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ति जारी गर्दै १६ जना नयाँ संक्रमित थपिएको जानकारी गराएको हो। यो सँगै गण्डकीमा कूल संक्रमितको संख्या ५४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १, म्याग्दीमा १ गरि जम्मा १६ नयाँ संक्रमित थपिएका छन्। यद्यपी संघीय स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ।