अब कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिमा सहजता

  • प्रकाशित मिति : २०७७ जेष्ठ २२, बिहीबार
  • नेपाल टेल संवाददाता

सरकारले कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत शरीरको संसर्गबाट कोरोना भाइरस सर्ने तथ्य फेला नपरेको भन्दै सावधानी अपनाइ आ–आफ्नो धर्म, परम्परा अनुसार शवको अन्त्येष्टि गर्न कार्यविधि संशोधन गरिएको हो।



कार्यविधि संशोधन भएसँगै अब परम्परागत रुपमा चलिआएका शव अन्त्येष्टि स्थलमा नै सचेत भएर शवको अन्त्येष्टि गर्न सकिने छ ।

तर शव अन्त्येष्टि गर्ने ठाउँमा बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धालाई भने जान रोक लगाइएको छ।

हेर्नुस कार्यविधि