सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर फर्किएका एक युवकको मृत्यु भएको छ।
पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनी यही जेठ ७ गते भारतबाट नेपाल आएका थिए। नेपाल आएपछि उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो।
उनको मृत्यु के कारणले भएको भन्ने बारे भने खुल्न सकेको छैन्। उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाले जनाएको छ।