तनहुँमा दुईजनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

तनहुँका दुईजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पोजेटिभ देखिएका दुवैजनालाई तनहुँको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।



जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवैजना ऋषिङकै हुन् ।