यूएईबाट उद्धार गरिएकालाई भक्तपुरको ‘होल्डिङ सेन्टर’ लगियो

  • प्रकाशित मिति : २०७७ जेष्ठ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

सरकारले युनाइटेड अरब इमिरेट्स (यूएई)बाट उद्धार गरेका नेपालीहरुलाई भक्तपुरमा रहेका ‘होल्डिङ सेन्टर’मा लिइएको छ ।

हेर्नुस् भिडियो
https://www.facebook.com/nepaltalenews/videos/630626464194097/



यएरअरवियाको विमानमार्फत शुक्रबार काठमाडौं ल्याइएका १६९ जना नेपालीलाई नेपाली सेनाको टोलीले भक्तपुरस्थित ‘होल्डिङ सेन्टर’मा लिएको हो। सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्य सुरु गरेसँगै पहिलो दिन शुक्रबार यूएईबाट पनि नेपाल ल्याएको हो ।

उनीहरुलाई काठमाडौंमै ‘होल्डिङ सेन्टर’मा राखेर स्वास्थ्य जाँच गरी पठाइने छ । उद्धार गरिएका सबैको स्वास्थ्य जानकारी नेपाली सेनाले लिने छ ।