नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृत्यु भएकाको संख्या १३

  • प्रकाशित मिति : २०७७ जेष्ठ २४, शनिबार
  • नेपाल टेल संवाददाता

स्वास्थ्यमन्त्रालयले नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

डोल्पाका ५८ बर्षीय पुरुष र धनगढीकी एक महिलाको मृत्यु कोरोनाबाट भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन्।



कर्णाली विज्ञान प्रतिष्ठान र सेति प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको नतिजा पोजेटिभ आएको हो।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएकाको संख्या १३ पुगेको छ।