लकडाउनसँगै ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आजदेखि कारोबार सुरु

  • प्रकाशित मिति : २०७७ जेष्ठ २५, आईतवार
  • नेपाल टेल संवाददाता

नेपालमा लकडाउन सुरु भएसँगै रोकिएको सुनचाँदीको भाउ फेरि सार्वजनिक भएको छ। सुनचाँदी व्यवसायी महासंघले जेठ २५ अर्थात आइतबारबाट सुनको मूल्य सार्वजनिक गरेको छ।

लकडाउनसँगै सुनको मूल्य ह्वात्तै बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन प्रतितोला ८७ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।



त्यस्तै आज चाँदीको मूल्य ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।