अपडेट- रुपन्देहीमा सामूहिक हत्या भएकाको सनाखत

  • प्रकाशित मिति : २०७७ जेष्ठ २७, मंगलवार
  • नेपाल टेल संवाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।



उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।

गएराति बञ्चरो प्रहार गरी उनीहरुको हत्या भएको थियो । घटनाको विषयमा थप अनुसन्धान जारी छ ।