प्रदेश २ : थप ५४ जना कोरोना संक्रमित भेटिए

  • प्रकाशित मिति : २०७७ जेष्ठ २७, मंगलवार
  • नेपाल टेल

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो समेत यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या एक हजार ३७७ पुगेको छ ।

मंगलबार प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।