नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर विनाकाम, विनापास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर चेकजाँचमा ट्राफिक प्रहरीले थप कडाइ गरी नियन्त्रणमा लिइरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी आम नागरिकको अत्यावश्यकीय सेवा र कामलाई थप सहजीकरण गर्दै उपत्यकाका मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाइ गरेको हो ।
मगलबार मात्रै काठमाडाैँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३ हजार ६४७ वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरी जम्मा ४ हजार १०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको
लकडाउन खुकुलो भन्ने गलत हल्लाको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख अनुरोध गरेका छन् छ ।
लकडाउनमा विनाकाम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै विनाकाम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएपछि त्यस्ता सवारी साधन नियन्त्रणमा लिनुपरेको बताए ।
केही दिनयता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः अझ बढी कडाइ गर्न थालेको र पासको दुरूपयोग गर्नेउपर पनि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको छ ।