दशैं तिहारपछि पनि कोरोना संक्रमण लम्बिन सक्छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : २०७७ जेष्ठ २८, बुधबार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपालमा कोरोना भाइरस संक्रमण साउनको अन्त्यसम्म पिकमा पुग्ने अनुमान रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बजेट छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा पिक हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताएका हुन।



उनले भने, ‘विश्व बैंकको तथ्यांक विश्लेषण हेर्ने हो भने साउनको अन्त्यतिर पिकमा पुग्ने र कम हुँदै गएर कार्तिकमा समाप्त हुने देखिन्छ। तर, त्यस्तो नहुन पनि सक्छ। कार्तिकमा दशैं तिहार जस्तो चाडबाडहरुमा बाहिरबाट मानिसहरु थप आउँछन्। त्यसबाट संक्रमण फेरि आउन सक्छ। संक्रमण आउनसक्छ समय लम्बिन पनि सक्छ।’

प्रधानमन्त्री ओलीले नेपालमा रहेका कोरोना संक्रमणका घटना ८५ प्रतिशत भारतबाट रहेको बताए। सरकारले सुरुदेखि नै चुस्त तयारी गरेकाले संक्रमण नफैलिएको उनको दावी छ।