काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गरेकी छन्।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन्।
मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले राजनीतिक दल सम्बन्धी कानुन अध्यादेशमार्फत् संशोधन गर्ने गरेको थियो ।
यो निर्णय सँगै त्यसले सिङ्गो राजनीतिलाई तरङ्गित तुल्याइ दिएको छ।
खासगरि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गएको ठानिएका बेला सरकारले पार्टी विभाजन गर्न सकिने व्यवस्थालाई खुकुलो बनाउने निर्णय गरेको बताइएको छ।
वर्तमान कानुनमा कुनै पनि पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्यले चाहेमा नयाँ दल बनाउन सकिने उल्लेख छ।
पछिल्लो निर्णयले हालको कानुनमा गर्न लागिएका भनिएको परिवर्तनबारे केही खुलाइएको छैन।