पोखरामा प्रदर्शन, प्रधानमन्त्रीबिरुद्ध नाराबाजी भएपछि प्रहरी हस्तक्षेप

  • प्रकाशित मिति : २०७७ जेष्ठ २९, बिहीबार
  • नेपाल टेल संवाददाता

स्वतन्त्र पोखरेली युवाहरुले पोखरामा विहीबार प्रदर्शन गरेका छन् ।

शान्तिपूर्ण रुपमा गरिएको कार्यक्रममा केहि युवाहरुले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका छन् । एक घण्टे प्रदर्शन सकिएलगत्तै नाराबाजीमा उत्रिएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामासमेत मागे ।



केहिबेर प्रहरी र युवाबीच सामान्य झडपसमेत भएको थियो । झडपका क्रममा प्रहरीले नाराबाजीको नेतृत्व गरेका एक युवालाई पक्राउ गरेको छ ।