आज दिउँसो कांग्रेस संसदीय दलको बैठक बस्दै

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो बानेश्वरमा बस्ने भएको छ।

संविधान संशोधन, कोरोना संकट र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।



बैठक शुक्रबार दिउँसो ठिक २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस मुख्यालयले जनकारी दिएको छ।