सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, गोली लागेर भारतीय नागरिकको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

सर्लाहीमा नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ।

झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।



भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको हो।

मृत्यु हुनेको भारतीय नागरिक छन्।

प्रहरीको हतियार खोस्न खोज्ने भारतको सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी)मा विवाद गरेका थिए।

उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ। त्यसपछि हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ।

घटनामा ३ सशस्त्र प्रहरी घाइते भएका छन्।