शुक्रबार पनि सरकारविरुद्ध देशैभर विराेध प्रदर्शन

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् ।

काठमाडौंको बसन्तपुरमा, धुलिखेलमा, बुटवलका मुख्य सडकमा पनि प्रदर्शन गरिएको छ ।



सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै बिहीबारदेखि देशैभर स्वस्फूर्त प्रदर्शनमा उत्रेका छन् ।

सामाजिक सञ्जालहरुमा आन्दोलनमा सहभागी हुन आह्वान गरेका युवाहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्ड लिएर बुटवलको अस्पताल लाइनमा दूरी कायम गरेर प्रदर्शन गरेका थिए ।

उनीहरुले सरकारले कोभिड १९को महामारी रोक्नका लागि खर्च गरेको भनेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्न माग गरे ।