काठमाडौँ भएको सरकारविरुद्धको आन्दोलनमा विदेशी नागरिक सहभागी भएको खुलसा भएको छ। माइतीघरमण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेपछि यस्तो खुलासा भएको हो।
प्रहरी स्रोतका अनुसार प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्।
ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।
नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ।