आफ्नो भूमि फिर्ता ल्याउन कांग्रेसको समर्थन हुन्छ : देउवा

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३१, शनिबार
  • नेपाल टेल संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताए।

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।



नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको बताए।

देउवाले सम्सदमा जम्मा ४ मिनेट सम्बोधन गरेका थिए।