करका दरबारे संसदमा आज छलफल हुने, यी हुन् विवादित करहरु

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३२, आईतवार
  • nepaltale.com

करका दरको विषयमा संसदमा आज छलफल हुने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा आश्रित आर्थिक विधेयकका सम्बन्धमा आज प्रतिनिधिसभामा छलफल हुँदैछ । छलफलपछि आजै सभाले सो विधेयकलाई पास गर्ने जनाइएको छ । संसदको आजकै वैठकले बजेटअन्तर्गतकै अर्को ऋण उठाउने विधेयक समेत छलफल गरि पारित गर्ने कार्यसूची तय गरिएको छ । बैठकले बजेटको सबैभन्दा लामो र झन्झटिलो मानिने विनियोजन विधेयकलाई यसअघि नै हुबहु पास गरेर राष्ट्रियसभामा पठाइसकेको छ ।

सबै आर्थिक विधेयकमा जस्तै यो वर्ष केही करका दरहरु समायोजन भएका छन् । समायोजन भएका करका दरमध्ये यो वर्ष केही दरहरु विवादित भए । केही दरहरु लामो समयसम्म समायोजन गर्न माग हुँदै आए पनि त्यसमा परिवर्तन नहुँदा असन्तुष्टिका स्वरहरु सुनिएका छन् ।

यस्ता छन्, सैद्धान्तिक छलफलको क्रममा संसदमा उठेका करसम्बन्धी प्रश्नहरु
१. विद्युतीय गाडीको भन्सार वृद्धि
२. चकलेटमा भएको भन्सार वृद्धि
३. रासायनिक मलको भन्सार वृद्धि
४. गहुँमा भन्सार वृद्धि, मैदामा कम
५. इन्डक्सन चुल्होमा भन्सार
६. पुस्तकमा कर
७. भाषा परीक्षामा कर
९. फेसबुक वा युबट्युबको करको विषय नआउनु
१०. दूरसञ्चार दस्तुर वृद्धि
११. पेट्रोलियम पदार्थमा पूर्वाधार शुल्क
१२. पशुदानाको आयातमा भन्सार वृद्धि
१३. बीउमा भन्सार वृद्धि