प्रदेश २ मा थपिए १७१ कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ असार १, सोमबार
  • nepaltale.com

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले सोमबार नियमित मिडिया ब्रिफिङमा १६६ पुरुष र ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमित हुनेमा सिरहाका ४, धनुषाका ४, महोमत्तरीका ३०, सर्लाहीका २३, रौतहटका ९८, बाराका २ र पर्साका १० जना रहेको घिमिरेले बताए ।