रुकुम-पश्चिम घटनाका योजनाकार वडाध्यक्ष (प्रतिवेदनसहित)

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

पश्चिम रुकुममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा वडाध्यक्षको संलग्नता रहेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले सामूहिक हत्या प्रकरणमा वडाध्यक्षको संलग्नता रहेको देखाएको छ। घटनाको छानविन गर्न गृह मन्त्रालयका सह-सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष डम्बरबहादुर मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ।



वडाध्यक्ष मल्लले युवतीको घरमा आएका विक र उनको साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको प्रतिवेदनमा उल्लेख गरिएको छ। वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नसकेको पाइएको छ।

सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ। गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाएका छन्।